लुम्बिनीमा थन्किएका विद्युतीय गाडी बिहीबारदेखि संचालनमा
lokaantar.com · Wed Sep 28 17:26:24 GMT 2022
तीन वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय गाडी बिहीबारदेखि संचालनमा आउने भएका छ्न् । बुधबार जिल्ला प्रशासन कार्यलयमा लुम्बिनी विकास कोषका बिजुली बसहरु सञ्चालन गर्ने सम्बन्धमा सरोकारवालाबीच बसेको समन्वयात्मक बैठकले ६ वटा रुटहरु तय गर्दै बिहीबार बिहान ८ बजे सेवा शुभारम्भ गर्ने तय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजनमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरु, यातायात व्यवस्था कार्यालय, पर्यटन कार्यालय, सिद्धार्थनगरपालिका, होटल एशोसिएसन, ट्राभल्स एशोसिएसन समेत रहेको बैठकले बडा दशैंको अवसरमा निशुल्क परिक्षण सञ्चालन गर्ने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)