दलीय प्रभावबाट मुक्त हुन जरुरी
rajdhanidaily.com · Thu Apr 06 23:33:36 GMT 2023
पाँचथरको कुम्याक गाउँपालिकाअन्तर्गतका ३ हजार ४३ घरधुरीलाई खानेपानी जुटाउन निकै समस्या थियो । एक गाग्री पानीका लागि घन्टौं कुर्नुपथ्र्यो । सिंगै गाउँमा पानीको स्रोत अभाव भएकाले सरकारले सुक्खा क्षेत्र घोषणा गरेको थियो । सुक्खा क्षेत्र घोषणा गरेर मात्रै समस्याको समाधान हुने भएन । सरकारकै पहलमा ५२ करोड लगानीमा बृहत् तमोर पम्पिङ खानेपानी आयोजना सम्पन्न भयो । कुनै समय एक गाग्री पानीका लागि घन्टा बिताउने कुम्याक गाउँका बासिन्दाले अहिले पानीको चिन्ता गर्न छाडेका छन् । घरघरै धारा छ । आवश्यक परेका बेला पानी भर्न पाइन्छ ।
सरकारकै लगानी र पहलमा खानेपानी आयोजना बन्यो । गाउँमा खानेपानीका विषयमा कोही कसैले कसैसँग झैझगडा गर्नुपरेन । यो आफैंमा एउटा उपलब्धि थियो । कुनै पनि आयोजनाको नियमित सञ्चालनका लागि एउटा प्रणालीको विकास गर्नैपर्छ । बृहत् तमोर पम्पिङ खानेपानी आयोजना पनि प्रणालीभन्दा पर बस्ने कुरै भएन । चलन चल्तीनुसार उपभोक्ता समिति गठन गरेर एउटा कार्यसमिति बनाउने योजना बन्यो । कार्यसमिति यसकारण पनि आवश्यक हुन्छ कि खानेपानीको समानुपातिक वितरण कसरी गर्ने ? शुल्क कति लिने ? आदि विषयमा निर्णय गर्न तथा बिग्रिएको भत्किएको बेला मर्मत सम्भारलगायतका काम पनि समितिमार्फत नै गर्नुपर्ने हुन्छ । यावत कामका लागि समिति बनाउने विषयमा सर्वसम्मत भयो । जब कार्यसमिति बनाउने कुरा निष्कर्षमा पु¥याउने बेला भयो, अध्यक्ष को बन्ने ? भन्नेमा विवाद सिर्जना भयो । विवाद पनि योग्य व्यक्तिलाई बनाउनुपर्छ भन्नेमा होइन कि कुन पार्टीलाई कुन पद दिने ? भन्नेमा केन्द्रित भयो । पटकपटकको छलफलले पनि समितिको अध्यक्षमा निर्णय गर्न नसकेपछि वैशाखको पहिलो साता निर्वाचनमार्फत टुंग्याउने सहमति भएको छ । तर, तोकिएकै मितिमा निर्वाचन हुन्छ भनेर अझै ढुक्क हुनसक्ने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)