यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति
ratopati.com · Sun Oct 25 16:29:47 GMT 2026

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्समा पाइने लान्माओआ एसियाटिका नामक च्याउले यस्तो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ ।
यस प्रकारको दृश्यभ्रमलाई ‘लिलिपुटियन ह्यालुसिनेसन’ भनिन्छ । यसमा मानिसहरूले तीनदेखि ३० सेन्टिमिटरसम्म अग्ला साना आकृतिहरू देख्ने गर्छन् । ती आकृतिहरू वास्तविक मानिसजस्तै स्पष्ट देखिने र टेबुल, चम्चा तथा अन्य वस्तु वरिपरि हिँडिरहेको अनुभव हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)