नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन
kendrabindu.com · Sun May 17 09:26:20 GMT 2026

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा.लि.द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको उक्त आइसक्रिमको नमुना परीक्षण गर्दा त्यसमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट ब्याक्टेरियाको उपस्थिति पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिने यी ब्याक्टेरियाहरू अत्यधिक मात्रामा भेटिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)