रास्वपा मुगुको सभापतिमा बिर्खबहादुर मल्ल निर्वाचित
gorkhapatraonline.com · Wed Jun 10 04:53:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापतिमा बिर्खबहादुर मल्ल निर्वाचित हुनुभएको छ। मङ्गलबार अबेर सम्पन्न जिल्लाको पहिलो ऐतिहासिक अधिवेशनबाट प्रतिद्वन्द्वी मनोज शाहीलाई पराजित गर्दै मल्ल विजयी हुनुभएको हो।
मल्लले ४३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी मनोज शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ। त्यस्तै उपसभापतिमा राजेन्द्र शाही विजयी हुनुभएको छ। उहाँले ३५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी विजयकुमार मल्लले १३ मत प्राप्त गर्नुभयो।
सचिवमा रामु विक २५ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नन्दबहादुर मल्लले २१ मत प्राप्त गर्नुभयो। यसैगरी सह–सचिव पदमा समाज हमाल निर्विरोध निर्वाचित हुनुभएको छ।
कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने रास्वपा मुगुले जनाएको छ। सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्खबहादुर कुमाई ३० मत र लालचन्द्र रोकायाले ३० मत प्राप्त गर्दै विजयी भएका छन्।
आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनमा सह–सचिवबाहेक अन्य पदमा सहमति जुट्न नसकेपछि तीन दिनपछि मंगलबार राति निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)