भग्नावशेषमा घर खोज्दै अबोध नानीहरू
annapurnapost.com · Mon Aug 24 03:25:33 GMT 2026

कोहलपुर (बाँके ) : रोशनी बुढालाई घरको अर्थको ठूलो व्याख्या थाहा छैन। न उनलाई नक्सा कोर्न आउँछ, न इँटा र ढुंगाले बलियो पर्खाल कसरी बनाइन्छ भन्ने नै थाहा छ। उनलाई यत्तिमात्र थाहा छ, घर भनेको त्यो ठाउँ हो, जहाँ रात परेपछि आमाबुवासँग सुत्न पाइन्छ, बिहान उठेर खान पाइन्छ र त्यसपछि विद्यालय पढन जान पाइन्छ।
तर रोशनीसँग हाल त्यो घर छैन। कोहलपुर शान्तिनगरमा रहेको आफ्नो पुरानो घर भत्काइएको चार महिनापछि ९ वर्षीया रोशनी फेरि त्यही ठाउँमा पुगिन्। उनी एक्लै थिइनन्। उनीसँगै उनका तीन साथी ढललक्ष्मी रावल, जया विष्ट र भैपुरा विष्ट पनि साथमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)