रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने
nepalsamaya.com · Fri Nov 17 15:56:00 GMT 2023
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ। रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो।
‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ’, प्रवक्ता डा ढकालले भने, ‘गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिएकामा धन्यवाद दिन पार्टीको सबै संगठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछौँ। जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)