मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्री

baahrakhari.com · Tue Nov 21 01:01:30 GMT 2023

झापा । मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ ।

बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)