मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसिडपीडित सांसदले समेत पाइनन् क्षतिपूर्ति, उपचार खर्चले घर लिलामी

ekantipur.com · Sun Jun 02 00:22:23 UTC 2024

काठमाडौँ — प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा सांसद बिन्दाबासिनी कंसाकारले जीवनको पछिल्लो ११ वर्षमा भोग्नुपरेका पीडा र अन्याय अथाह छ । समितिको बिहीबारको बैठकमा कानुनमन्त्री पदम गिरी, मन्त्रालयका अधिकारी र सांसदले उनका कुरा मौन ढंगले सुनिरहे । सांसदको बोलीलाई पुष्टि गर्ने फरक–फरक समयका तस्बिर प्रोजेक्टरमार्फत बैठक कक्षमा देखाइएका थिए ।

‘म कसरी बाँचेकी छु मलाई र मेरो परिवारलाई मात्रै थाहा छ,’ सांसद कंसाकारले अदालतबाट एसिडपीडितका पक्षमा भएको फैसला कार्यान्वयनको माग गर्दै गहभरि आँसु पार्दै आफ्ना कुरा राखेकी हुन् । समिति सदस्यसमेत रहेकी सांसद कंसाकारले निवेदन नै दर्ता गराएर आफूमाथि भएको घटनाबारे अदालती फैसलाको कार्यान्वयन माग गर्दै आएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)