नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, समयमै पहिचानले बच्न सक्छ जीवन
baahrakhari.com · Wed Jun 10 04:57:22 GMT 2026

काठमाडौं । टाउको बारम्बार दुख्ने, दृष्टि धमिलो हुने, वाकवाकी लाग्ने वा शरीरको कुनै भाग अचानक कमजोर महसुस हुने समस्या धेरैले सामान्य रूपमा लिन्छन् । तर, यस्ता लक्षणहरू कहिलेकाहीँ मस्तिष्कमा पलाएको ट्युमरको संकेत पनि हुन सक्छ । पछिल्ला वर्षहरूमा नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या निरन्तर बढ्दै जाँदा यसको समयमै पहिचान र उपचार स्वास्थ्य क्षेत्रको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
कुनै पनि अंगमा अनियन्त्रित रूपमा मासु पलाएर गाँठो बन्नुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा यस्तो गाँठो बन्ने अवस्थालाई ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर खासगरी दुई प्रकारका हुन्छन् बेनाइन (नबढ्ने) र म्यालिग्नेन्ट (बढ्ने वा क्यान्सरयुक्त) ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)