भारत र अन्य देशबाट १३ लाख बढी फर्किन सक्ने अनुमान, क्वारेन्टाइन लगायत व्यवस्था गर्न सेनालाई जिम्मा
setopati.com · Mon May 18 17:34:00 UTC 2020
सडक र हवाई आवतजावत खुलेपछि भारत र तेस्रो मुलुकबाट आगामी दिनमा साढे तेह्र लाख मानिस नेपाल फर्किने अनुमान सरकारले गरेको छ। त्यसरी फर्कनेलाई क्वारेन्टाइनमा राख्ने लगायत प्रबन्ध गर्न नेपाली सेनालाई जिम्मा दिइएको उच्च श्रोतले सेतोपाटीलाई बताएको छ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको विश्लेषणअनुसार नेपालका विभिन्न नाका हुँदै भारतबाट ३ लाख ५० हजार मानिस फर्कने अनुमान छ। यसरी प्रवेश गरेकामध्ये १५ प्रतिशत संक्रमित हुनसक्ने समेत विश्लेषण गरिएको छ। त्यस्तै हवाई मार्ग खुलेपछि खाडी लगायत मुलुकबाट १० लाख नेपाली नागरिक स्वदेश फर्किन सक्ने सरकारी अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)