‘मिसेस जेम्स बोन्ड’ डेम डायना रिगको निधन
pahilopost.com · Thu Sep 10 17:12:44 UTC 2020
अभिनेत्री डेम डायना रिगको निधन भएको छ। ८२ वर्षीय रिगकी छोरी र्याचेल स्ट्रिलिङले आफ्नी आमाको मृत्यु क्यान्सरका कारण भएको बताएकी छिन्। रिगले आफ्ना अन्तिम दिनहरु धेरै खुशियालीका साथ बिताएको उनले बताइन्।
मिसेस जेम्स बोन्डको नामले समेत परिचित रिग जेम्स बोन्ड सिरिज अन्तर्गत सन् १९६९ मा अन हर मेजेस्टी सिक्रेट सर्भिसमा ट्रेसीको भूमिकामा देखिएकी थिइन्। उनले एम्मा पिलको रुपमा टिभि सिरिज द एभेनजर्समा र गेम अफ थ्रोन्समा ओलेन्ना टायरलीको भूमिकामा गरेको अभिनय निकै प्रख्यात भएको थियो। यसका साथै रिगले अन्य थुप्रै चलचित्र र सिरिजहरुमा समेत अभिनय गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)