निर्वाचन आयोगमा १ सय ११ दल दर्ता
rajdhanidaily.com · Mon Feb 28 23:21:03 GMT 2022
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगमा दर्ता कायम रहेका १ सय ११ दलमध्ये ८० दलले स्थानीय तह प्रयोजनका लागि आयोगमा दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)