भारतलाई विश्व सप्लाई चेनको मुटु बनाउन तत्पर छौंः भारतका परराष्ट्र सचिव श्रींगला
livemandu.com · Fri Sep 04 15:22:39 UTC 2020
भारत, १९ भाद्र, २०७७ । ‘ब्रोड क्यानभास अफ इण्डियन डिप्लोमेसी ड्यूरिङ द प्यान्डेमीक’ नामक खुल्ला वेबीनारमा इण्डियन काउन्सील अफ वर्ल्ड अफेयरसको आयोजना रहेको थियो । भारतीय कूटनीतिमा दक्षता राख्ने अनुभवी र बिशेषज्ञ परराष्ट्रविज्ञहरुको नेतृत्व रहेको यस अफेयरसलाई उक्त कार्यक्रममार्फत मुख्य वक्ता तथा भारतका परराष्ट्र सचिव हर्षवर्धन श्रींगलाले कुटनैतिक कोशेढुंगाहरु र परिपेक्ष्यका बिषयवस्तुहरुमा आफ्नो बुझाई राखेका थिए । उक्त बुँदाहरुले भारत र भारतीय उपमहाद्वीपका अन्य राज्यहरुलाई पनि समेटेको छ, निकटतम छिमेकीका रुपमा नेपालसँगको सम्बन्ध र यस महामारीको परिपेक्ष्यमा अन्य सहकार्यका बुँदाहरु पनि रहेको भएकाले हामी ति बुँदाहरुको सरल नेपाली अनुवाद गर्दैछौं । नेपाल भारत समबन्ध र मुद्दाका लागि यो आलेख भोलीका दिनमा अध्ययन साइटेशन र स्रोत बनोस भन्ने लाइभमाण्डूको यो कसरत रहेको छ ।
भारतमा बिभिन्न संघसंस्था र प्रसिद्ध विश्वविधालयका प्राध्यापक तथा बिद्यार्थी लगायतको यस वेबीनारमा भर्चुअल उपस्थिती थियो भने नेपालका तर्फबाट समेत केहि शोधकर्ता र मेडियाकर्मीहरुको उपस्थिती रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)