मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारी खर्चमा बेथिति, अनियन्त्रित रकमान्तर

ekantipur.com · Sun Jun 02 00:25:18 UTC 2024

काठमाडौँ — सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको देखिएको छ । कानुनविपरीत मनपरी खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुने गरेको महालेखा परीक्षक कार्यालयको पछिल्लो प्रतिवेदनले औंल्याएको छ । मन्त्रालयहरूले कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गर्ने, लेख्नुपर्ने लेखा नराख्ने, अनियमित वा बेमुनासिब तरिकाले खर्च गर्ने प्रवृत्तिमा सुधार नभएको र बेरुजु रकम बढ्दै गएको समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्र ९५ अर्ब २९ करोड ७४ लाख रकमान्तर भएको छ । यो त्यस वर्ष विनियोजन भएको कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको ५.३१ प्रतिशत हो । ‘सोमध्ये ०८० असारमा मात्र २३ अर्ब १० करोड ६५ लाख र त्यसमध्ये असार अन्तिम सातामा मात्र १३ अर्ब ८१ करोड ९९ लाख रुपैयाँ रकमान्तर गरी विभिन्न शीर्षक/उपशीर्षकमा थपघट भएको छ,’ प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७८/७९ मा १ खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार रकमान्तर भएको छ । यो त्यस वर्षको कुल खर्चको १२.०३ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)