समावेशी आयोगमा सिफारिस भएका तिमल्सिनाद्वारा पद अस्वीकार
onlinekhabar.com · Sun Dec 20 17:41:01 UTC 2020
काठमाडौं । संवैधानिक परिषद्द्वारा समावेशी आयोगको सदस्यमा सिफारिस गरिएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकारको घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुकमार्फत् उनले पद अस्वीकारको घोषणा गरेका हुन् ।
सर्वाेच्च अदालतका पूर्वरजिस्ट्रार समेत रहेका तिमल्सिनाले आफ्नो इच्छाविना नै राजनीतिक नियुक्ति दिइएको भन्दै सो जिम्मेवारी सम्हाल्न नसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)