राष्ट्रपति उम्मेदवार : कांग्रेसबाट पौडेल निश्चित, एमालेको टुङ्गो लाग्न बाँकी
Ujyaaloonline.com · Sat Feb 25 01:03:39 GMT 2023
काठमाण्डाै - राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न दलहरु आन्तरिक छलफलमा जुट्दैछन् । आठ दलबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चितजस्तै भएको छ । राष्ट्रपतिमा अर्का नेता कृष्णप्रसाद सिटौला आकाङ्क्षी रहे पनि पौडेलकै नाममा निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार छान्न आज बिहान साढे आठ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । राष्ट्रपतिमा पौडेल र सिटौलासँगै गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा छ । तर, सभापति देउवाले यसअघि नै वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन वचन दिइसक्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)