ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा झर्यो, ब्याजदर स्थिर रहने अपेक्षा
aarthiknews.com

काठमाडौं। ऊर्जा मूल्यवृद्धिमा आएको सुस्ततासँगै युरोजोनको मुद्रास्फीति जुन महिनामा घटेर २.८ प्रतिशतमा झरेको छ। मुद्रास्फीति लगातार ओरालो लागेपछि युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले आगामी मौद्रिक नीति बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो भएको विश्लेषकहरूले बताएका छन्।
युरोपेली संघको तथ्यांक निकाय युरोस्ट्याटले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) जुनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.८ प्रतिशतले बढेको छ। मे महिनामा मुद्रास्फीति ३.२ प्रतिशत रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)