सरकारी कागजात मोबाइल स्क्यानिङ एपबाट स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन
canadanepal.com · Wed Jul 01 14:49:14 GMT 2026

सरकारले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजातहरू मोबाइल स्क्यानिङ एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमा डिजिटल सुरक्षा, तथ्याङ्क गोपनीयता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
परिपत्रअनुसार बजारमा उपलब्ध बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै क्याम स्क्यानर) प्रयोग गर्दा स्क्यान गरिएका कागजात विदेशी सर्भरमा पुग्ने तथा भण्डारण हुने जोखिम उच्च रहने उल्लेख गरिएको छ। यसले राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा संवेदनशील दस्ताबेजहरू अनधिकृत रूपमा बाहिरिन सक्ने खतरा बढाउने भएकाले यस्ता एपहरूको प्रयोग नगर्न निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)