पार्टी कार्यालय बनाउन पालिकाको एक्साभेटर
annapurnapost.com · Mon Jan 23 01:02:00 GMT 2023
गोरखा : नगरपालिकाको विकास परियोजना तथा विपतमा परिचालन गर्ने उद्देश्यले गोरखा नगरपालिका कार्यालयले खरिद गरेको एक्साभेटर पार्टी कार्यालयको जग्गा सम्याउन र जग खन्न प्रयोग गरिएको छ। मेयर कृष्ण रानाले आफूसम्बद्ध नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय निर्माणस्थल सम्याउन र जग खन्ने कार्यमा नगरपालिकाको स्वामित्व रहेको एक्साभेटर प्रयोग गरेका हुन्।
गोरखा नगरपालिका–६ मा पार्टी कार्यालय प्रयोजनका लागि निर्माण हुन लागेको ‘सहिद स्मृति भवन’ को जग सम्याउन विगत चार दिनदेखि नगरपालिकाको एक्साभेटर प्रयोग भएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)