मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुँदै 

nepallive.com · Sun Mar 19 00:33:00 GMT 2023

काठमाडौं – करिब १४ वर्षपछि आज (आइतबार) त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ। त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ।

आज देशभरका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)