न्युयोर्क टाइम्स स्क्वायरमा ‘ट्रम्प डेथ क्लक’ झुन्ड्याइयो
ratopati.com
एजेन्सी । अमेरिकामा मानिसहरुले कोरोना संक्रमणका कारण यति धेरै मानिसहरु मर्नुको पछाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको आरोप लगाइरहेका छन् । अधिकांश अमेरिकीहरुले राष्ट्रपति ट्रम्पले गम्भीर ढंगले आवश्यक कदम चालेको भए मृत्यु हुनेहरुको संख्या यति धेरै नहुने बताइरहेका छन् । यति धेरै मानिसहरुको मृत्यु हुनुको पछाडिको कारण उनीहरुले ट्रम्प नै भएको ठहर गरिरहेका छन् ।
विश्वभर कोरोनाले मर्नेहरुको जम्मा संख्याको एक तिहाइ संख्या अमेरिकामा देखिएको छ । त्यसैले राष्ट्रपति ट्रम्पलाई ब्यङ्ग्य गर्न न्युयोर्क टाइम्स स्क्वायरमा फिल्म निर्माता युजेन जारेकीद्वारा डिजाइन गरिएको एउटा घडी स्थापना गरिएको छ । यस घडीको नाम ‘ट्रम्प डेथ क्लक’ दिइएको छ । यो घडीले न्युयोर्कमा कोरोना संक्रमणबाट मर्नेहरुको आंकडा देखाइरहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)