हुम्लामा पहिरोले तीन सय परिवार विस्थापित
annapurnapost.com · Sun Aug 16 22:49:00 UTC 2020
मुगु : लगतारको वर्षाका कारण हुम्लाको जिल्लाको ताजाँकोट गाउँपालिकामा बाढीले झण्डै तीन सय परिवार विस्थापित भएका छन् ।
केही दिनदेखिको अविरल वर्षाले ताजाँकोट गाउँपालिका—२, ३ र ४ नम्बर वडाका सयौँ घर भत्किनुका साथै तीन सय विस्थापित भएका हुन् । ताजाँकोट गाउँपालिकाको छप्रेला बजारको घर, होटेल पसल गरी १८ परिवार र ताजाँकोट गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको ताजाँकोट गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)