बोरिङ खन्दा मिथेन ग्यास
annapurnapost.com · Wed Jul 20 00:31:00 GMT 2022
काठमाडौं : काठमाडौंको जोरपाटी लोसेटारमा मंगलबार बिहानदेखि मिथेन ग्याससहित पानी र बालुवाको फोहोरा निस्किएको छ । बिहान १० बजे स्थानीय सन्तवीर लामाको घरमा पानीको बोरिङ खन्ने क्रममा एक्कासि माटो, पानी र बालुवासहितको लेदोको फोहोरा निस्किएको हो ।
खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार पानीसहितको लेदोमा १५ देखि २० प्रतिशतसम्म मिथेन ग्यास छ । ग्याससहितको लेदो केही दिनसम्म निस्किरहने र आफैं बन्द हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)