अमेरिकाले चीनमाथि लगायो आणविक बम परीक्षण गरेको आरोप
ratopati.com
एजेन्सी । अमेरिकाले चीनले परमाणु बम परीक्षण गरेको आरोप लगाएको छ । अमेरिकाले सार्वजनिक गरेको हतियार नियन्त्रण, प्रमाणिकरण र अनुपालनसम्बधी एक रिपोर्टमा चीनले कम क्षमताको आणविक बम परीक्षण गरेको उल्लेख गरेको छ । तर चीनले अमेरिकाको यो दावीलाई इन्कार गरेको छ ।
रिपोर्टमा आणविक हतियार परीक्षणको कुनै प्रमाणित तथ्य भने प्रस्तुत गरिएको छैन । रिपोर्टमा चीनको लोप नुर परीक्षण स्थल र त्यहाँ हुने सैन्य गतिविधिलाई प्रमाणका रुपमा अघि सारिएको छ । वाल स्ट्रीट जर्नलले अमेरिकाको स्टेट डिपार्टमेन्टको रिपोर्टलाई हवाला दिँदै चीनको लोप नुर परीक्षण स्थलमा वर्षभर यसको तयारी गरिएको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)