१० महिनापछि स्वदेश फर्किइन् भेनेजुएलाकी विपक्षी नेतृ माचाडो
annapurnapost.com · Sun Oct 25 18:53:24 GMT 2026

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् ।
भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई आफ्नो नेता भन्दै उनी भेनेजुएलाको भूमिमा फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)