जसपाबाट ओली सरकारमा सहभागी मन्त्रीलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण
ratopati.com
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधका छन् । अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई स्पष्टीकरण सोधेका छन् ।
जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्काशन हुने निर्णय भएपनि पार्टीको सो निर्णय विपरित सरकारमा सामेल भइसकेकाले उनीहरुमाथि स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ । उनीहरु पार्टी निर्णय विपरित सरकारमा सामेल भैसकेकोले सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन पत्रमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)