गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि म्याग्दीलाई
hamrakura.com · Sun Jun 02 00:00:00 UTC 2024
म्याग्दी । गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो तीन अङ्कले अग्रता लिँदै घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो ।
शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार अग्रता लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ काविरुद्ध ९० अङ्क प्राप्त गर्दै उपाधि विजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङले ८६ अङ्क बटुल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)