एमालेबाट जितेर अर्को पार्टीमा प्रवेश गर्ने ८ जना वडाध्यक्ष पदमुक्त
kendrabindu.com · Wed Jun 10 05:13:12 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो ।
आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरेकोले उनीहरूको पद स्वतः रिक्त भएको उल्लेख छ । एमाले केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ