मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद थपलियाको डेरामा चोरी, सुन र नगदसहित तीन जना नियन्त्रणमा

annapurnapost.com · Sun Oct 25 19:23:58 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको काठमाडौंस्थित डेरामा चोरी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-१४, कलङ्कीस्थित थपलियाको डेराबाट दसैँको बिदाका बेला ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)