संकटमा फसेका संखुवासभालीलाई सहयोग अभियान सुरु
nayapage.com · Thu Apr 30 17:22:30 UTC 2020
काठमाडौं, १८ वैशाख : ‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को रोकथामको लागि गरिएको लकडाउनको कारण समस्यामा फसेका संखुवासभालीलाई सहयोग अभियान सुरु गरिएको छ । संखुवासभा घर भई काठमाडौंमा बसोबास गर्ने आर्थिक अभाव भएका विद्यार्थी तथा श्रमिकहरुलाई खाद्यान्न वितरण अभियान सुरु गरिएको हो ।
युवा नेता जीवन राईको अगुवाईमा लकडाउनबाट दैनिक रुपमा जीवन धान्न समेत समस्या भएका विद्यार्थी तथा श्रमिकहरुलाई चामल, दाल र तेल वितरण सुरु गरिएको हो । आर्थिक रुपमा असाध्यै समस्यामा परेकाहरुको पहिचान गरेर पहिलो चरणमा २ सय परिवारलाई सहयोग गरिने नेता राईले बताए । ‘संखुवासभा–काठमाडौं सेवा समाज’का मार्फत प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, तेल र नुन वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)