चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित
onlinekhabar.com · Mon Aug 24 06:16:27 GMT 2026

८ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्य दूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले पनि सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धीले सम्पूर्ण चेम्बर परिवारलाई गर्व महसुस भएको बताए । उनले नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्याउन श्रेष्ठले सेतुका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)