नम्बरप्लेट स्पष्ट नदेखिए पनि कारवाही
nepaltvonline.com · Wed Oct 06 23:57:47 GMT 2021
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ ।
दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)