मुलायम सिंह यादवको स्वास्थ्य स्थिर : समाजवादी पार्टी
ratopati.com
समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ ।
यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादवलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, ‘मुलायम सिंह यादवको स्वास्थ्य स्थिर छ। चिकित्सकहरूका अनुसार आज उहाँको अक्सिजनको स्तर अलिकति घटेको छ। तर चिन्ता गर्नुपर्ने कुरा छैन। उहाँको दिनहुँ नियमित चेकअप हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)