मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीमा उद्धव थापाले परिवर्तन गरे प्रमुख सचेतक, मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्विप जारी

ratopati.com · Mon Aug 24 06:46:14 GMT 2026

हेटौँडा । केन्द्रको कारबाहीमा परेका राप्रपा बागमती प्रदेशका सांसद उद्धव थापाले आफूलाई संसदीय दलको नेताकै हैसियतमा उभ्याउँदै प्रमुख सचेतक परिवर्तन गरेका छन् । प्रमुख सचेतक परिवर्तन गरेर उनले मुख्यमन्त्री किरण थापामगरको पक्षमा विश्वासको मत दिन ह्विप जारी गराएका छन्।

उनले कुमारी तामाङलाई प्रमुख सचेतकबाट हटाएर डम्बर तामाङलाई प्रमुख सचेतक बनाएका हुन् । थापाले नै ह्विप जारी गरेर मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन आह्वान गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)