सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ajakoartha.com · Sun Aug 23 06:42:00 GMT 2026

काठमाडौं- नेपालका लागि LG को आधिकारिक साझेदार CG Electronics ले भाद्र ५ मा LG कमर्शियल वाशिङ मेसिन सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। उक्त सेमिनारमा नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरूको खोजी गर्न आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।
सेमिनारको उद्देश्य LG व्यावसायिक लन्ड्रीका समाधान बारे जानकारी प्रदान गर्नुका साथै उन्नत लन्ड्री प्रविधिले व्यवसायहरूको सञ्चालन दक्षता अभिवृद्धि गर्दै दिगो तथा लाभदायक व्यवसायिक वृद्धिका अवसरहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा जानकारी गराउनु थियो। कार्यक्रमको नेतृत्व एलजी कमर्शियल वाशिङ मेसिनका व्यवसाय प्रमुख, श्री बसन्त पाल ले गर्नुभएको थियो भने कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख, श्री एस. सी. साबु को विशेष उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)