‘दिपल निभो क्यू ०५’ ईभी नेपाली बजारमा, ‘नाडा अटो शो’ मा विशेष मूल्यमा उपलब्ध
techpana.com · Mon Aug 24 06:52:50 GMT 2026

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले नयाँ इलेक्ट्रिक गाडी (ईभी) ‘दिपल निभो क्यू ०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याएको क्यू ०५ लाई डिजाइन, कम्फर्ट र प्रविधिका हिसाबले प्रिमियम विकल्पका रूपमा प्रस्तुत गरेको हो ।
क्यू ०५ को म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्य मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो अवधिभर मात्र लागु हुनेछन् । अटो शोपछि म्याक्सको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)