मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हस् मन्त्रीज्यू !

rajdhanidaily.com · Thu Sep 01 23:32:22 GMT 2022

सरकार परिवर्तनसँगसँगै नेपाल सरकारका सचिवहरूको पदस्थापन र सरुवाका समाचार मिडियामा छाए । गृह, अर्थ, सञ्चार, ऊर्जा, भौतिक योजना मन्त्रालयमा जान सचिवहरूको राजनीतिक शक्ति केन्द्रहरूमा दौडधुपको समाचार पनि थियो । पछिल्लो समय अर्थ र पर्यटन मन्त्रालयको सचिवका ’boutमा अनेकौं समाचार आए गए । कर्मचारीतन्त्रको उच्च पदमा रहेका सचिवहरूको तानातान र धकेलाधकेलले के कुरा पुष्टि गर्छ भने, कि त सचिव काम गर्न सक्दैन, कि त सचिव ‘हुन्छ’ सचिव मात्र हो । बिहान मर्निङ वाकमा हिँड्दै गर्दा मैले सुनेको गफ । आपूm पनि कुनै समयको सरकारी जागिरे । म उनीहरूको कुराकानीले आकर्षित भएँ । सुन्दै सँगै हिँड्दै थिएँ । उनीहरूको कुरा अर्कैतिर बांगियो । म आप्mनै धुनमा लागेँ ।

एक दिन तत्कालीन सचिवले सुनाउनुभएको थियो । निजामती सेवामा सचिव भएर सन्तुष्टि लिन र पछिको नियुक्ति पक्का गर्न तीनवटा गुण सचिवमा हुनुपर्छ । एउटा ‘हस् मन्त्रीज्यू !’, अर्को ‘हस् मन्त्रीज्यू’ र अर्को पनि ‘हस् मन्त्रीज्यू !’ सुन्नुस् न, मेरा सहकारीले सुनाएको एउटा कथा । मन्त्रीको निर्देशनहरू सुनिसकेपछि मन्त्रालयको सचिव निर्विवाद निर्देशनहरू स्वीकार्दै भन्छ ‘हस् मन्त्रीज्यू !’ र लुरुक्क मन्त्रीको कार्यकक्षबाट बाहिर निस्कन्छ । हिँड्दै निर्देशनहरू सम्झन्छ । ‘सचिवजी ! उहाँ मेरो निर्वाचन क्षेत्रको हाम्रै पार्टीको कार्यकर्ता । गाउँको स्कुल, बाटो, कुलो, स्वास्थ्यचौकी मर्मत गर्नुप-यो रे । के कसरी हुन्छ, तुरुन्तै बजेट पठाइदिनुस् । अर्कोलाई देखाउँदै मन्त्री भन्छन्, ‘उहाँ मेरो मतदाता, गाउँबाट आएको महिनांै भएछ । खर्च सकियो रे । होटल खर्च र केके गर्न पैसा चाहियो भन्नुभएको छ । जताबाट भए पनि मिलाएर खर्च दिएर पठाउनुस् त ।’ मन्त्री भन्दै जान्छन्, सचिव सुन्दै । ‘उहाँ मेरो गाउँको दाइ । यो छोरीले ब्याचलर गरिछ, आजैदेखि मन्त्रालयमा करारमा राखिदिनुस् ।’ यस्तो पनि निर्देशन हुन्छ ? विधिपूर्वक एउटा काम गर्न सकिँदैन । सचिवले मौनतामा मुखाकृति बिगार्छ । तर, मन्त्रीको आदेशविरुद्ध जाने हुति भने निकाल्न सक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)