काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ
livemandu.com · Fri Nov 27 17:36:01 UTC 2020
महोत्तरी । आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका(१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)