मकवानपुरकाे भीमफेदीमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते
Ujyaaloonline.com · Thu Oct 26 01:58:45 GMT 2023
मकवानपुर - काठमाण्डाै-कुलेखानी-हेटौँडा सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे ०२–०२७–प ४८४२ नम्बरको स्कुटर हिजाे बुधवार दुर्घटना हुँदा काठमाण्डाै महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको ज्यान गएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)