कोरोनाको उपचारमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीमाथि नै आक्रमण
ratopati.com
एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको मरादाबादमा कोरोना उपचारका लागि खटिएको मेडिकल टिममाथि ढुंगामुढा भएको छ । ढुंगामुढाबाट चिकित्सक सुधीशचन्द्र अग्रवाल लगायत घाइते भएका छन् । स्थानीय नवावपुरामा निर्माण गरिएको क्वारेन्टाइनमा शंकास्पद व्यक्तिहरु ल्याइएपछि त्यहाँ रहेका स्वास्थ्यकर्मी र प्रहरीमाथि ढुंगामुढा भएको थियो । ढुंगामुढाबाट स्वास्थ्यकर्मी र प्रहरीका २ वटा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आक्रमणकारीहरुले गाडीमा रहेका डाक्टर अग्रवाललाई जबर्जस्ती बाहिर निकालेर दुर्व्यवहार गरेका छन् । उनी गम्भीर घाइते भएका छन् ।
उनीसहित डाक्टर एचसी मिश्र र एक प्राविधिक गम्भीर घाइते भएका छन् । मोरादाबाद, ब्रासनगर लगायतका क्षेत्रमा कोरोना संक्रमणबाट २ व्यक्तिको ज्यान गएपछि स्वास्थ्य विभागको टोली परीक्षण सुरु गरेको थियो । यसैबीच बुधबार स्वास्थ्य परीक्षणमा खटेको टिममाथि अराजक भीडले आक्रमण गरेको हो । झडपपछि टोलीका केही कर्मचारी भागेर सिएमआको कार्यालय पुगेका थिए । चिकित्सकहरुको समूहमाथि आक्रमण भएपछि प्रहरी टोली समेत पछि हटेको थियो । आक्रमणकारीहरुले एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)