बादल फेरि प्रचण्ड क्याम्पमा !
farakdhar.com · Mon Jul 27 18:03:55 UTC 2020
पछिल्ला केही महिना यता देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति संघर्षमा नयाँ नयाँ मोड देखिँदै गएको छ । विश्लेषक तथा नेकपाकै नेताहरु अहिले जारी विवाद उत्कर्षमा पुगेको अनुमानमा छन् ।
अधिकांशलाई अब नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर भएको र उनले अर्को समूहले लिएको अडानप्रति झुक्नै पर्ने अवस्थामा देखेका छन् । तर, केहीले चाहिँ ओलीलाई विधानसम्मत अहिले कसैले पनि हटाउन नसक्ने अनुमान गरेका छन् । किनकि स्थायी कमिटीका अधिकांश सदस्यले ओलीले निकास दिनका लागि दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)