मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रम बालेन क्याबिनेट सीआईबीलाई गिज्याउँदै, अनुसन्धानको राडारमा रहेको डीडीसीको प्रवर्द्धनमा सरकार

bishowkhabar.com · Wed Jun 10 05:17:26 GMT 2026

काठमाडौं– किसानलाई दूधको भुक्तानी नदिएको, गुणस्तर र परिमाणसम्बन्धी प्रश्न उठेको तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को प्रवर्द्धनमा सरकार सक्रिय देखिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले डीडीसीका चिज, पनिर, दही, नौनीलगायत उत्पादन मन्त्रीहरूलाई वितरण गरेकी थिइन् ।

बैठकमा डीडीसीका उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने विषय पनि उठाइएको थियो ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको याक चिजको प्रचार गरेका थिए ।

तर डीडीसीका गतिविधिमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ ।

सीआईबीले उत्पादन, बिक्री र संस्थागत व्यवस्थापनसम्बन्धी कागजात संकलन गरेर छानबिन गरिरहेको जनाएको छ ।

उता राष्ट्रिय दुग्ध विकास बोर्डको परीक्षणमा डीडीसीको दूधमा गुणस्तर र परिमाणसम्बन्धी गम्भीर कैफियत भेटिएको थियो ।

उपभोक्ता अधिकारकर्मीहरूले अनुसन्धान टुंगो नलाग्दै सरकार स्वयं प्रवर्द्धनमा लाग्नुले थप प्रश्न उठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय