पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा
nepalpress.com · Sun Mar 06 16:20:21 GMT 2022
काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन् ।
जानकारहरुका अनुसार करिब एक वर्षदेखि पुजाले युद्धसँगको प्रेमलाई युद्धस्तरमा अगाढि बढाइरहेकी छन् । कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)