बागलुङमा कोरोना सङ्क्रमित तीन सय नाघे
swasthyakhabar.com · Mon Sep 07 17:36:17 UTC 2020
बागलुङ- जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ६ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या दुई सय ७९ छ भने एक जनाको मृत्यु भएको छ।
आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ छ भने क्वारेन्टाइनमा ७२ जना छन्। पछिल्लोपटक आइतबार काठेखोला गाउँपालिकका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)