बेलकामा स्कुल बस र अटो एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
annapurnapost.com · Mon Aug 24 07:50:56 GMT 2026

उदयपुर : उदयपुरको बेलका नगरपालिका–५ जहडामा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब ९:४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र अर्का एक नाम, उमेर, ठेगाना नखुलेका महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)