बिहिबार पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै, ‘डिजिटल गभर्नेन्स, डेटा र डिजिटल इकोनोमी’ मुख्य बिषय
ajakoartha.com · Mon Aug 24 08:03:00 GMT 2026

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौ संस्करणको कार्यक्रम यहि भाद्र ११ गते बिहिबार ललितपुर स्थित द प्लाजामा आयोजना हुदैछ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।
डिजिटल नेपालको लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिस्टम बिकासको मुख्य एजेन्डामा बिगत ५ वर्षदेखि आयोजना हुदै आएको कन्क्लेभ, प्रविधि क्षेत्रको बृहत सम्मेलन हो। सरकारले सन् २०१९ मा सार्बजनिक गरेको डिजिटल नेपाल फ्रेमवक्रको आधारमा नीतिगत बहस र डिजिटल रुपान्तरणको एजेन्डामा सन् २०२० देखि नै डिजिटल संवाद र कन्क्लेभहरु सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)