दशैंपछिको ठूलो चाड तिहार
newsofnepal.com · Sun Oct 19 17:22:21 GMT 2025

चाड पर्वहरू धार्मिक, सांस्कृतिक, सामाजिक र भावनात्मक कारणहरूले मनाइने गरिन्छ । यसले मानिसहरूलाई एकताबद्धसमेत गरेको देखिन्छ । यस्तै, यी चाडपर्वहरू परिवार र साथीहरूसँग मनाउन, अर्को पुस्तालाई संस्कृति हस्तान्तरण गर्न र जीवनको भीडभाडबाट टाढा आत्म–चिन्तनको अवसर प्रदान गर्न पनि मनाइन्छ ।
अहिले दशैं सकिएपछि तिहार शुरु भइसकेको छ । पाँच दिन मनाइने तिहार कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म हुने गर्छ । पाँच दिन मनाइने भएकोले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य बनेपछि यी पाँच दिनलाई यमपञ्चक भनिएको पौराणिक मान्यता रहि आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)