निलम्बनका कारण नेपालले तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गुमाउने
nagariknews.nagariknetwork.com · Wed Jul 01 15:00:38 GMT 2026
विश्व फुटबल महासंघ (फिफा) द्वारा लगाइएको निलम्बनका कारण नेपालले तीनवटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता गुमाउने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई पत्र पठाउँदै निलम्बनका कारण नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको हो। तेस्रो पक्ष अर्थात् सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ (असार १०) गते एन्फामाथि निलम्बन लगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)