चेल्सीको नयाँ प्रशिक्षकमा जाबी अलोन्सो
onlinekhabar.com · Sun May 17 09:51:57 GMT 2026

३ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ ।
स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)